काठमाडौं । सरकारले पछिल्लो समयमा बसेको मन्त्रिपरिषद् गरेको निर्णय आज सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेकोम मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
आज सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयअनुसार फागुन २० गते बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । यस्तै फागुन २५ गते बसेको बैठकले ७ वटा निर्णय गर्दा चैत १ गते बसेको बैठकले ८ वटा निर्णय गरेको छ।
मन्त्रीले गुरुङले चैत ५ गतेको बैठकले १२ वटा निर्णय गरेको जानकारी दिएका छन् ।