दलका नेताले सडकमै बैठक बोलाएपनि उपस्थित हुन्छौँ : तामाङ

583

काठमाडौं । नेकपा एमालेका सांसद शेर बहादुर तामाङले पार्टीले आधिकारिकरुपमा बोलाउने बैठकमा स्थान महत्वपूर्ण नहुने बतएका छन् ।

शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै स्थानका बारेमा धेरै चर्चा गर्नुपर्ने जरुरी नभएको बताएका हुन् ।

“स्थान कहाँ थियो भन्ने महत्वपूर्ण कुरा भएन । पार्टीको आधिकारिकरुपमा पार्टी अध्यक्ष कहाँ छ, पार्टी अध्यक्षले कहाँ बैठक डाँकेको छ, त्यो आधिकारिक कुरा हो । पार्टीको संसदीय दलको नेताले सडकमै डाक्यो भन्ने हामी सडकमै उपस्थित हुन्छौँ” उनले भने ।

सांसद तामाङले बालुवाटारमा बैठक बस्ने कुरा पहिलोपटक नभएको बताए । “कुनै बेला बालुवाटारमा अरु प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतिबेला पनि बैठक बस्थ्यो,” उनले भने, “पार्टीको आधिकारिक संस्था, अध्यक्ष वा संसदीय दलको नेताले कहाँ बैठक डाँकेको छ, त्यहाँ हुने बैठकलाई, स्थान विशेषलाई लिएर कुनै ज्ञापनपत्र वा भनाइ राखिराख्नुपर्छ जस्तो लाग्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...