काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिन लागेको उनी निकटस्थ स्रोतहरुले बताएका छन् ।
उनले दिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मन्त्रिपरिषदको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुनमा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।
झापा निवासी उनी प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका थिए ।
खरेलले अब हुने निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
महान्यायाधिवक्ता खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेको मुद्दामा उक्त कदमको प्रतिरक्षा गरेका थिए ।