उपराष्ट्रपति पुनले लगाएको कोरोनाविरुद्धको खोप

270

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मंगलबार अपरान्ह वीर अस्पतालमा पुगेर उनले खोप लगाएका हुन् ।

स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे । सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिरहेको छ ।

यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । अहिले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले धमाधम खोप लगाइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...