गुटगत भेलामा नजान एमालेको निर्देशन, एमालेको कुनै आधिकारिक भेला छैन

243

काठमाडौं । नेकपा एमालेको नाममा यहीँ चैत्र ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूचना प्रचार भएकामा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् ।

एमालेका झलनाथ खनाल र माधव कुमार नेपाल समूहले मंगलबार पत्रकार सम्मेलन गरी भेलाको जानकारी दिएको थियो ।

महासचिव पोखरेलको विज्ञप्तिमा “यस्तो अनाधिकृत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा एमालेले सबै नेता कार्यकर्तालाई विशेष निर्देशन गरिएको छ । अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवम् नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...