आइसिसीद्वारा युएइका दुई क्रिकेट खेलाडीलाई ८ वर्ष प्रतिबन्ध

188

एजेन्सी ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले युनाइटेड अरब इमिरेट्स (युएइ)का दुई खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा ८ वर्षकाे प्रतिबन्ध लगाएको छ ।

युएइका मोहम्मद नावेद र साइमन अनवारलाई म्याच फिक्सिङ गरेको आरोपमा जनवरीमा निलम्बन गरिएको थियो । नावेद युएइको तर्फबाट सबैभन्दा बढी विकेट लिने खेलाडी तथा टोलीका कप्तान समेत बनेका थिए ।

नावेद र साइमनले २०१२ मा खेलिएको टी–२० क्वालिफायर खेलमा फिक्सिङ गर्ने प्रयास गरेका थिए । यी दुवै खेलाडी आइसिसीकाे एन्टी करप्सन कोड उलंघन गरेको आरोपमा दोषी ठहरिएका छन् । नभीदलाई २०१९ मा यो भन्दा पहिले टी–१० लगिमा म्याच फिक्सिङ गरेको आरोप समेत लागेको थियो ।

दुई खेलाडीलाई लगाइएको प्रतिबन्ध निलम्बन गरिएको मितिदेखि लागु हुनेछ ।

आइसिसीका महाप्रबन्धक एलेक्स मार्सलले भने, “मोहम्मद नभीद र साइमनले युएइलाई उच्च स्तरमा अपनाएको देशको नेतृत्व गरे । नभीद टिमको कप्तान र सबैभन्दा विकेट लिने खेलाडी भएका छन् । अनवरले इनिङको सुरुवात गर्दै थिए । यी दुवै खेलाडीसँग लामो क्यारियर रहेको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...