थ्री नेसन्स कपको तालिका सार्वजनिक, नेपालले १२ चैत्रमा किर्गिस्तानसँग भिड्ने

572

काठमाडौं । अखिल नेपाल फुबल संघ (एन्फा) ले तीन टोली सम्मिलित ‘थ्री नेसन्स कप’को तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीसहित बंगलादेश र किर्गिस्तान ओलंम्पिक टिम सहभागी हुनेछन् ।

पहिलो खेलमा बंगलादेशले किर्गिस्तानसँग चैत्र १० मा प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल चैत्र १२ मा किर्गिस्तानविरुद्ध खेल्नेछ । यस्तै, चैत्र १४ मा नेपाल र बंगलादेशले खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल चैत्र १६ गते हुनेछ ।

विश्वकप छनोट अन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्धको खेल स्थगित भएपछि नेपालले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र बंगलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछ भने किर्गिस्तानको २३ वर्ष मुनिको टोली सहभागी हुनेछ ।

हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा ३१ सदस्य रहेका छन् । उनीहरुबाट थ्री नेसन्स प्रतियोगिताका लागि राष्ट्रिय टोलीको छनोट गरिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...