राष्ट्रिय भेला नरोक्ने नेपाल समूहकाे निर्णय : ओलीको चियापान समारोहमा नजान निर्देशन

114

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीद्वारा आयोजित चियापन कार्यक्रममा नजाने निर्णय गरेको छ ।

धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले उक्त निर्णय लिएको हो ।

यस्तै, आफ्नो नेता कार्यकर्तालाई उक्त चियापानमा नजान पनि बैठकले निर्देशन दिएको छ । ओलीले भोली प्रधानमन्त्री निवास बालुवाटारमा चियापान राखेको छ ।

खनाल नेपाल समूहले चैत्र ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई नरोक्ने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...