काठमाडौं । काठमाडौं महानगरपालिका टुसाल-६ बौद्धबाट दुई किलो ५ सय ग्राम युरेनियमसहित चार जना पक्राउ परेका छन् ।
बिहीबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी कार्यालयले शुक्रबार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
निषेधित पदार्थ युरेनियमसहित रामछाप लिखु तामाकोसी-५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका-४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोसी-४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी शुक्रबारै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाएको छ ।
अभियुक्तहरुमाथि थप अनुसन्धान एवम् कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।