काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले दोहोरो सुविधा नलिने भएका छन् ।
प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपला सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषषा गरेका हुन् ।
पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छन् ।
निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।