फोटो पत्रकार वन्तलाई मोडल सङ्स डेब्यु बेष्ट मोडल अवार्ड

358

काठमाडौं । मोडल संघ नेपालद्वारा काठमाडौंमा आयोजित दाेस्रो ‘मोडल सङ्स अवार्ड २०७७’ फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेब्यु मेल मोडल अवार्ड २०७७ पाएका छन् । स्वीटजरल्यान्डमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार नवराज घिमिरेको शब्द संगीत तथा गायक बिनोद दनुवारको स्वरमा रहेको “परदेशीको कर्म” नामक लोक गीतको म्युजिक भिडियोमार्फत परदेशी नेपालीले भोगेका दुःख पीडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे वापत ‘डेब्यु मेल वेष्ट मोडल’को रुपमा उक्त अवार्ड पाएका हुन् ।

साथै उक्त गीतको म्युजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । उक्त गीतको छायाङ्कन तथा निर्देशन नवीनबाबु गुरुङले गरेका थिए भने सहायक निर्देशनमा रेजिना तुलाधर रहेकी थिइन् ।

उक्त भिडियो सम्पादन नवीन निरौलाले गरेका हुन् । फोटोपत्रकार वन्त विगत १३ वर्षदेखि सक्रियरुपमा राष्ट्रिय समाचार समितिमा सिनियर फोटोपत्रकारको रुपमा काम गर्दै आएका छन् भने उनी राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि हुन् । विगत १२ वर्षदेखि सिजन मिडियामार्फत निरन्तररुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

फोटोपत्रकार वन्तकाे गीतकार हरि गोपाल प्रधानको यो मुटुमा बाेलको गीतमा र गीतकार सन्तोष जंग थापाको थाहा छैन बाेलको गीतमा अभिनय रहेको गीति भिडियोहरु पनि चाँडै नै सार्वजनिक हुने भएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...