म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

348

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

बुढानिलकण्ठस्थित देउवा निवासमा कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड नामक पुस्तक विमोचन समारोहमा उनले भने, “म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ । प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तरपनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।”

कांग्रेसमा सरकारमा जाने कि नजाने भन्ने विषयमा बहस चलिरहेको बेला देउवाले सरकारमा जान नचाहेको बताएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...