दलबाट ओली, नेम्वाङलगायत नेतालाई हटाएकोबारे प्रचण्ड–नेपाल पक्षद्वारा संसद सचिवालयलाई जानकारी

400

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकरी गराएको छ ।

बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गराएका हुन् ।

“संसद् पार्टीका संसदीय निर्णयअनुसार चलने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद सचिवालयलाई जानकारी गराएको छौँ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौँ ।”

संसदीय दलमा भएको परिमार्जनबारे जानकारी दिन प्रचण्ड–नेपाल पक्षका प्रमुख सचेतक गुरुङसहित सांसदहरु सुरेन्द्र पाण्डे, फम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...