३ बुँदे सहमति अनुमोदन, विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

273

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले वार्तामा भएको सहमतिअनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए । एक मन्त्रीले भने, ‘दुवै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौँ ।’

सरकार र विप्लव समूहबीच आज (बिहीबार) तीन बुँदे सहमति भएपछि विप्लव यहि २१ गते (भोली) सार्वजनिक हुँदै छन् ।

भोलि राजधानीमा हुने एक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने भएका छन् । विप्लव पछिल्लो दुई वर्षयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सरकारले नै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...