काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाको वार्ता टोलीसँग आजै दोस्रो चरणको वार्ता गरेको छ ।
सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत सो जानकारी दिएका हुन् ।
भट्टराईकाअनुसार वार्ता विषय केन्द्रित भएको छ ।
“वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।” भट्टराईले लेखेका छन् ।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ— Rajan Bhattarai (@Rajanktm) March 3, 2021