नेकपा प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

239

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बोलाइएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पनि पार्टी विभाजनको कानुनी मान्यतामा ढिलाइले सरकार गठनमा अन्यौल भइरहेको बेला भावी रणनीति तय गर्न बैठक बोलाइएको हो ।

अपरान्ह केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठक बस्नुअघि सचिवालय र स्थायी कमिटी बैठक पनि बस्न लागेको केन्द्रीय सचिवालय गंगालाल तुलाधरले जानकारी दिए । ती बैठकले कार्यसूति तय गर्नेछ ।

प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्रसहित हस्ताक्षर संकलन गरिसकेको छ । छुटेकाहरुलाई आज नागरिकतासहित बैठकमा आउन सूचित गरिएको छ ।

निर्वाचन आयोगलाई दबाव दिन नागरिकता र परिचयपत्रसहित केन्द्रीय सदस्यहरुलाई लिएर आयोग जाने तयारी प्रचण्ड-नेपाल समूहको छ ।

Share This:
सम्बन्धित खबर
Loading...