प्रधामन्त्री ओलीले संवैधानिकरुपमा राजीनामा दिन मिल्दैन : मन्त्री गुरुङ

255

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिकरुपमा पनि राजीनामा दिन नमिल्ने दाबी गरेका छन् ।

सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलामा प्रधानमन्त्री सामू सरकार चलाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्यकुनै संवैधानिक विकल्प नरहेको उल्लेख गरिएको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार चलाउने बाहेक प्रधानमन्त्री ओलीसँग अन्य कुनै संवैधानिक विकल्प नरहेको प्रष्टयाएका हुन् ।

सर्वोच्च अदालतको फैसलाको पृष्ठ ९ मा“सार्वभौमसत्ता जनता समक्षआफू जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिवद्धताका साथ चुनावमा भाग लिई जन प्रतिनिधिको रुपमा चुनिएर जाँदा त्यस्ता जन प्रतिनिधिहरुको दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्चालन गर्ने बाहेक अन्यकुनै संवैधानिक विकल्प नै रहँदैन ।” भन्ने उल्लेख गरिएको छ ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको राजीनामा माग्नेहरुलाई सर्वोच्च अदालतको सो फैसला राम्रोसँग अध्ययन गर्न पनि सचेत गराए ।“सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेर सरकार अघि बढछ,” मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, “सो फैसला विपरीत गएर प्रधानमन्त्रीको राजीनामा माग्ने अधिकार कसैलाई पनि छैन ।”उनले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नेहरु आफैले राजनीतिबाट सन्यास लिनुपर्ने चेतावनी समेत दिए ।

मन्त्री गुरुङले बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद संसद प्रति उत्तरदायी भई राज्य संचाल नगर्नु संवैधानिक नैतिकताको विषय पनि हो सर्वोच्च अदालतको फैसला निर्देश गरेकाले प्रधानमन्त्री ओलीको राजीनामा नआउने तर्क गरे ।

“बहुमतप्राप्त संसदीयदलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद संसद प्रति उत्तरदायी भई तथा राज्य संचालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो ।” फैसलाको सो बुँदाअनुसार पनि प्रधानमन्त्री ओलीले राजीनामा दिन नमिल्ने मन्त्री गुरुङको भनाइ थियो ।

त्यस अवसरमा मन्त्री गुरुङले प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिको सपना अलपत्र पारेर अलप नहुने संकल्प लिएको स्मरण गराउँदै सोहीअनुसार अघि बढने पनि स्पष्ट पारे । उनले संसदमा अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई हटाउन पनि चेतावनी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...