काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी फागुन १९ गते बस्ने भएको छ । केन्द्रीय सदस्य बिष्णु रिजालकाअनुसार बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको हो ।
यसअघि आज बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा फलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
स्थायी कमिटी बैठककाे मिति भने तय भएकाे छैन ।