काठमाडाैं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ ।
रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिँदा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहकाअनुसार साइकल यात्री घिमिरेलाई ७ः१५ बजे ठक्कर दिएको थियो । घाइते घिमिरेलाई चपुरस्थित सिभिल अस्पतालमा लगिएको छ ।
“हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बिएण्डबी अस्पताल पठाउने तयारी भइरहेको छ” प्रहरी उपरीक्षक शाहले भने ।