काठमाडौं । साताको पहिलो दिन आइतबार पनि पहेँलो धातु सुनको मूल्य ५ सयले ओरोलो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाल सुन ८८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा ८७ हजार ८ सय ५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
यसैगरी चाँदीमा पनि १० रुपैयाँले कमी आएको छ । शुक्रबार तोलामा एक हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३ सय २५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।