लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार’ अबदेखि आइतबार राति ९ बजे प्रसारण हुने

518

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भइरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फागुन २३ गतेदेखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ ।

समसमाहिक विषयबस्तुलाई व्यङ्ग्यात्मक तवरबाट सामाजिक सदभाव फैलाउँदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिमाथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तररुपमा सफलता हासिल गर्दै गएको छ । अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’ को मुख्य भूमिकामा बिष्णु सापकोटा (हर्के र लाउरे) दोहोरो भूमिकामा, शिवहरि बैरागी(झम्के), रोशनी सापकोटा, सुरेन्द्र केसी (झगडे बिष्ने), शिब शर्मा, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), शान्ति बस्नेत (बागमती), सुशिला निरौला (बिमली), अनुमति नेपाली, राजेन्द्र गिरि(गुन्द्रुके), बिनोद परियार, यदु धिताल, अनिता कार्की, बिन्दा दुलाल, बासुदेब खनाल, आयुष्मा कार्की, अर्जुन दम्जाली, श्याम तामाङ, यदुनाथ धिताल, रामेश्वर ढकाल रहेका छन् । छायाँकार प्रवेश पोखरेलको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’लाइ बिष्णु सापकोटा र इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिँदै ‘हर्के हल्दार’ विभिन्न परिवेशमा परिवर्तन गर्दै दर्शकहरुलाई नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भइरहेको ‘हर्के हल्दार’ सो समयमा दर्शकहरुले अत्यधिक मनपराएको कार्यक्रम ‘कमेडी च्याम्पिन’ आउने भएको हुँदा फाल्गुण २३ गतेदेखि प्रत्येक आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजनबाटनै ‘हर्के हल्दार’ प्रासारण हुने हुँदा दर्शकहरुको पर्न गएको असुविधा प्रति ुहर्के हल्दारु परिवार क्षमापार्थि रहेको निर्माता इन्द्र दोङ्ग लामा बताउँछन् ।

Share This:
सम्बन्धित खबर
Loading...