प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

14

काठमाडौँ, १३ साउन । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा.राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सिंहदरबारस्थित समितिको आजको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि उहाँहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...