भक्तपुर, ११ असार । भक्तपुरमा पन्क्षीमा लाग्ने ‘बर्डफ्लु’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ ।
बर्डफ्लु रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा.अमिक श्रेष्ठले जानकारी दिनुभयो ।
बर्डफ्लु रोगका कारण सूर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उहाँले बर्डफ्लु रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताउनुभयो ।