रास्वपाको सभापतिमा लामिछाने निर्विरोध

1

भरतपुर, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ । आज राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...