ट्राफिक कारबाहीबाट २४ घन्टामा २२ लाख ३९ हजार राजस्व दाखिला

14

काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ३९ हजार रूपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठिक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कुल दुई हजार ५५६ जनालाई कारबाही गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...