पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा साइकल मार्ग

13

म्याग्दी, ५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने साइकल मार्ग निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्बाउने उद्देश्यले साइकल मार्ग निर्माण गरेको हो । साइकल मार्गको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गर्नुभयो ।

अन्नपूूर्ण गाउँपालिकाले चालुु आव २०८२/८३ मा बिनियोजन गरेको रु छ लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध, लालीगुराँसपार्क हुँदै घोडेपानीको फलेघर जोड्ने चार किलोमिटर साइकल मार्ग निर्माण भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुुराँसे जङ्गलभित्र साइकलमा सहासिक र रोमाञ्चक यात्रा गर्न पाइने राइडर आनिल विश्वकर्माले बताउनुभयो ।

“पुनहिल–घोडेपानी पोखरादेखि नजिकको आकर्षक साइकलिङ गर्ने मार्ग हो”, उहाँले भन्नुभयो, “साइक्लिङका लागि आवश्यक सबै मापदण्डहरु पूरा भएको साइकल मार्ग बनेकोमा खुसी लागेको छ ।”

अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष रहेका साइकल मार्गका अभियान्ता डमबहादुुर पुनले घोडेपानी र पुनहिल क्षेत्रलाई केन्द्रित गरेर लालीगुराँस पार्क, पेरीभारानी ताल जोड्ने घोडा मार्ग सञ्चालन गरिएको बताउनुभयो । पर्यटकको चाहनाअनुसार राम्चेकाफलडाँडा, हिस्तान टिकोट, शिख, खिवाङ जोड्ने साइकल मार्गको पनि सम्भाव्यता अध्ययन गरिएको पुनले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पुनका अनुसार साइकल मार्गको प्रवर्द्धन र विस्तार गर्न आगामी आर्थिक वर्षको बजेट र योजनामा समावेश गरिनेछ । सूर्योदय, हिमशृृङ्खला, गुराँसे जङ्गल र पहाडी भूगोलको अवलोकन गर्न सकिने पुनहिलका लागि साइकल मार्ग नयाँ सम्भावना भएको उहाँको भनाइ छ ।

घोडेपानीदेखि करिब ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी–पुुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो ।

Share This:
सम्बन्धित खबर
Loading...