चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

18

काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा सेफ सन्तोष साहलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँको अनुमतिमा साहलाई गएराति महोत्तरीबाट पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमतिले पक्राउ गरी अहिले काठमाडौँ ल्याइएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...