पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन

2

काठमाडौँ, २६ जेठ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीमा पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्दै राष्ट्र, सङ्गठन र आमजनताको अपेक्षाअनुसार कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटको कमाण्डमा खटी जान लागेका अधिकृतलाई प्रत्यक्ष र भर्चुअल माध्यमबाट सो निर्देशन दिनुभएको हो ।

उहाँले आफू मातहत कर्मचारीको मनोबल उच्च राखी, समयमै समस्या र आवश्यकतालाई पहिचान गर्दै तल्लो तहसम्म प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गर्नुपर्ने बताउँदै मातहत कर्मचारीका गुनासालाई चेन अफ कमाण्डमा ल्याउन निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले फिल्डमा खटिने सशस्त्र प्रहरी कर्मचारीले नतिजामुखी कार्य गर्न सकियो भने राष्ट्र र सङ्गठनको नाम उच्च रहने मात्र नभइ कमाण्डर र तल्लो तहसँगको सामिप्यता बढ्नुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरू सस्तो लोकप्रियता र मिडियाबाजीमा ध्यान नदिई नयाँ जोस र उर्जाका साथ आफ्नो जिम्मेवारी र कर्तव्यलाई निर्धक्कका भए । कर्तव्य निर्वाह गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले राजश्व चुहावट नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करीविरुद्ध कडा रूपमा प्रस्तुत भइ नेपाल सरकारबाट प्रतिबन्धित वस्तुहरू सीमाबाट भित्रन नदिन सशस्त्र प्रहरी कर्मचारीहरू थप सक्रियकाताका साथ लाग्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...