स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

5

काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्ष २०८३/८४ वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

सङ्घीय संसद्को सयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा एक खर्ब एक अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरेको छ । विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रममा लागि १३ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा.वाग्लेले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ सेवा विस्तार गरिने छ । ‘भिडिओ कल्सल्टेसन’ मार्फत विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्ने मन्त्री डा.वाग्लेले उल्लेख गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...