काठमाडौँ, ३१ वैशाख । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी ३५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ रूपैयाँ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रूपैयाँमा कारोबार भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रूपैयाँ र चाँदी पाँच हजार ६९५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।