एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

9

काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्‌मा अर्याललाई मनोनित गरेको छ ।

एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ ।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...