राजधानीका पत्रकारलाई शंकर पोखरेलको निम्तो : जनसहभागिता हेर्न बुटवल आउनुस्

274

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता शंकर पोखरेलले जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मुख्यमन्त्री पोखरेलले देशभरको नभएर प्रदेशको मात्रै जनसहभागिता भनेको कस्तो हुन्छ, हेर्नका लागि बुटवलमा आउन निम्तो दिएका हुन् ।

आगामी फागुन १ गते एउटै प्रदेशका जनताको जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा स्वागत गर्ने पोखरेलले बताए । काठमाडौंमा प्रचण्ड-माधव समूहको आजको भेलाप्रति संकेत गर्दै उनले केन्द्रका पत्रकारहरुलाई बुटवलमा बोलाएका हुन् ।

https://www.facebook.com/shankar.pokhrel.946/posts/1786059614883247

Share This:
सम्बन्धित खबर
Loading...