विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा

15

मोरङ, ४ वैशाख । विराट गोल्डकप फुटबलको ३८औँ संस्करणअन्तर्गत बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालामा भएको बिहीबारको खेलमा सम्राटले चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सम्राट स्पोर्टिङका लागि सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दी म्याच सम्राट स्पोर्टिङका सौरभ तामाङ घोषित भइ ११ हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी थिए ।

विराटनगर गोल्डकपको विजेताले ११ लाख रूपैयाँ, उपविजेताले पाँच लाख रूपैयाँ, उत्कृष्ट प्रशिक्षकले १५ हजार रूपैयाँ, उत्कष्ट गोल रक्षकले १५ हजार रूपैयाँ, सर्वाधिक गोलकर्ताले १५ हजार रूपैयाँ तथा सर्वोकृष्ट खेलाडीले ५१ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको फाइनल खेल शनिबार सम्राट स्पोर्टिङ र झापा–११ बिच हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...