ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

45

मकवानपुर, २९ फागुन । हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...