रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

17

रामेछाप, २७ माघ । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ । उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share This:
सम्बन्धित खबर
Loading...