“ट्राफिक प्रहरीको विशेष अप्रेशनबाट चोरीका २४ वटा मोटरसाइकल पक्राउ”

214

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई सोमबार जिम्मा लगाइएको छ ।

महाशाखाले पीडित सहायता इकाईबाट सादा पोसाकमा ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको हो ।

दिनेश थापा मगर, नवीन गुरुङ, सुरज गिरी, विशाल राई, तिर्थप्रसाद भण्डारी, भरत थापा, अजय तुलाधर, शिवराम ढकाल, मन्दिप राई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, विधान राई, शंकरप्रसाद बाह्रकोटी, जितामित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राजथला, नुर्बु शेर्पा, ममता थापा, केशर बहादुर थापा, श्याम कुमार बिक, धाल बहादुर कार्की, थानेश्वथर पोखरेल, सुनिता प्याकुरेल र विक्रम महर्जनलाई हराएको मोटरसाइकल महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साइरन लगायतका उपकरण जडान गर्न मोटरसाइकल चालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिए ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा “Lost Vehicle Application” मा लगइन गरेर निवेदन दिन सकिने व्यवस्था रहेको पनि उनले बताए ।

ट्राफिक प्रहरी टोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, इमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोट भक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले यस आव २०७७/७८ मा १ सय ९९ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ३५ जना व्यक्तिलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...