जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर

12
  • रुपक पुरी

चौतारा, २४ पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ जानुभएको थियो । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै हुनुहुन्थ्यो ।

योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहनुहुन्थ्यो । दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे । गत भदौ २३ गते काठमाडौँमा जेनजी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । सो क्रममा प्रहरी र विद्यार्थी झडप भयो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठुलो सङ्ख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौँसहित देशभर विरोध प्रदर्शन भयो ।

योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल हुनुभयो । गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गर्नुभयो । फोन उठे पनि तर त्यो आवाज भाइको थिएन । “भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौँका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्‍यो,” गहभरि आँशु पार्दै रामकृष्णले भन्नुभयो ।

योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ । “भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्‍यो, जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,” दाजु रामकृष्णले भन्नुभयो । योगबहादुर जेनजी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारजनलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो । “उ आन्दोलनमा गएको हामीलाईपछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,” रामकृष्णले भन्नुभयो ।

गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लिन हुनुहुन्थ्यो । विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उहाँलाई घोचिरहने गथ्र्यो । योगबहादुर पुतलीसडकमा फुपुको घरमा बस्नुहुन्थ्यो । योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झर्नुभएका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किनुभयो । काठमाडौँमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गर्नुभयो । तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झदै दाजु रामकृष्ण भन्नुहुन्छ, “त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।”

भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उहाँको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौँ पुग्नुभयो ।

“त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर योगबहादुर भेटिएनन् । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो”, दाजु रामकृष्णले भन्नुभयो ।

घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध हुनुहुन्थेन । जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन । भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गर्नुभएको थियो । उहाँलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । “तर, अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ”, दाजु रामकृष्णले भन्नुभयो ।

सहिद परिवार व्यक्तिगतभन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ । जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उहाँ बताउनुहुन्छ । “यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथामिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनैपर्छ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेनजी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ । जेनजी सहिद परिवारलाई सरकारले राहतस्वरुप रु १५ लाख आर्थिक सहयोग गसिकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ । –रासस

यो पनि हेर्नुहोस्

जेनजी आन्दोलन : ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्कनुभएन…

जेनजी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

जेनजी सहिद : दुई पुस्ताको विद्रोह, जनयुद्धदेखि जेनजी आन्दोलनसम्म…

जेनजी आन्दोलन : सहाराविहीन भयो सहिद थापाको परिवार

जेनजी आन्दोलनका सहिद : ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

जेनजी आन्दोलनका सहिद : ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’

जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस्

जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…

जेनजी आन्दोलनका सहिद : ‘छोरासँगै सहारा खोसियो’

सहिद परिवारको माग– छानबिन होस् र छिटो न्याय पाइयोस्

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जेनजी आन्दोलनका सहिद : आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

जेनजी आन्दोलनका सहिद : अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

जेनजी आन्दोलनका सहिद : सन्तान गुमाउँदाको असह्य पीडा

जेनजी आन्दोलनका सहिद : ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…

जेनजी आन्दोलनका सहिद : ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

जेनजी आन्दोलनका सहिद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

जेनजी आन्दोलनका सहिद : जेनजी सहिद परिवारको माग- दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल

जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

जेनजी आन्दोलनका सहिद : उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेनजी आन्दोलनका सहिद : परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार

जेनजी आन्दोलनका सहिद : परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

जेनजी आन्दोलनका अमर प्रहरी राय

जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ- ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

‘चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै’

Share This:
सम्बन्धित खबर
Loading...