उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

6

काठमाडौँ, ३ पुस । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।

नेपाल हार्ट फाउण्डेसन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेसनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० बिरामीमा परीक्षण गर्दा झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम खोकी, ३० प्रतिशत र मधुमेहका बिरामी १५ प्रतिशत रहेको मुटुरोगको समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै, जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ । उहाँका अनुसार १५ वटा विद्यालयका झण्डै दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या रहेको र तीमध्ये चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

शिविरमा बिरामीको इको तथा इसिजी परीक्षण गरिएको थियो, भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख मूल्यका औषधि वितरण गरिएको थियो । शिविरमा डा.उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्यले परीक्षण गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...