बाघको आक्रमणबाट महिलाको मृत्यु

6

रामेछाप, १३ मङ्सिर । रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरुलाई जानकारी गराएका थिए । घटनाारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...