सनराइज युथ क्लबकाे आयोजनामा सम्पन्न खुला भलिबलको उपाधि प्यानथेरालाई

337

झिमरुक । समाजमा विकृति ,विसङ्गतिको अन्त्य गर्दै, समुन्नत समाजको निर्माणको लागि खेलकुद र विविध संस्कृतिको जगेर्ना गर्ने सनराइज युथ क्लबको चाहाना भन्ने मुल नाराका साथ दोस्रो वार्षिक उत्सव भब्य र सभ्यरुपमा सम्पन्न भएको छ ।

क्लबले दोस्रो वार्षिक उत्सव नयाँ बसपार्क चिफ्लेटी बादिकोटमा मनाएको छ । गत वर्ष भन्दा यो वर्ष फरक र पृथक तरिकाले कार्यक्रम गर्दै उत्सव मनाएको हो । उत्सवमा जिल्ला भित्र र बाहिरका दर्जनौँ खेल समूहहरुको सहभागितामा सानदार खेल हुँदा दर्शकहरुको लगातार तीन दि सम्म बाक्लो उपस्थिति रहेको थियो ।

क्लबको दोस्रो वार्षिक उत्सवको अवसरमा राखिएको खुला भलिबल प्रतियोगितामा तिखाचुली युवा क्लब गौमुखि रजबारालाई पराजित गर्दै प्यान्थेरा कन्ट्रकसन प्रालिले जितेको छ । लिला जिसीको नेतृत्वमा रहेको क्लबले प्रथम उपाधि नगद रु १६ हजार १ सय ११ मेडल, प्रमाणपत्र हासिल गर्दा दोस्रो स्थानको तिखाचुली युवा क्लबले भने नगद रु १२ हजार १ सय ११ मेडल प्रमाणपत्रमा चित्त बझाउन बाध्य भयो । तेस्रो स्थानमा गुल्मीको मदाने स्पोर्ट्स क्लबले नगद रु ८ हजार १ सय ११ मेडल पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी तिखाचुलि युवा क्लबका विजय शाही ठकुरी घोषित भए ।

१३ जना सहभागी रहेको घैटोफोरमा ३ जना विजेता भए । विजयी हुनेहरुमा सरोज बस्नेत, सन्तोष केसी र राजेश विक रहेका छन् । उनीहरुले नगद रु ५ सय प्राप्त गरे ।

पछिल्लो समय ग्रामीण भेगको लोकप्रिय खेल स्लो बाइक रेसमा सहभागी १२ जनालाई पछाडि पार्दै वसन्त खनाल स्लो बाइक रेस प्रतियोगितामा विजेता भए । उनले रु ३ हजार १ सय मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता अबिश्वोर जिसी भए ।

कार्यक्रमको प्रमुख अतिथि झिमरुक गाउपालिका वडा नम्बर २ का अध्यक्ष बल बहादुर महतराले युवाहरुले जुनसुकै सामाजिक कार्यगर्दा आफूले पर्दा भित्र र बाहिरबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रममा सहभागी टिम, उत्कृष्ट टिम र खेलाडीलाई बधाई तथा सफलताको शुभकामना ब्यक्त गरे ।

क्लबका अध्यक्ष कृष्णप्रसाद पोख्रेलले कार्यक्रमको समापन गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने, पुरस्कार सौजन्य गर्ने संस्था, ब्यक्तिहरुलाई आभार प्रटक गदै आगामी दिनहरुमा पनि सहयोग, सुझाव सल्लाहलाई मनन गर्दै अगाडि बढ्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...