निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

10

काठमाडौँ, १८ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उहाँले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “ आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ ।”

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उहाँको निवासमा आगजनी हुँदा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उहाँलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि प्रदान गर्नुभएको हो ।

जेनजी आन्दोलनमा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...