पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउँछ : उपमहासचिव ज्ञवाली

8

नवलपरासी, ८ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दा सँगसँगै अगाडि बढाउने बताउनुभएको छ ।

यहाँको सुनबलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उहाँले संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताउनुभयो ।

उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राख्नुभयो ।

“फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ । भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । उहाँले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुङ्गो लगाउने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...