मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त

78

धनुषा, २९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नुभएकामा बिहान कांग्रेस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पुर्‍याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...