नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते

8

बागमती, ३१ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

नम्बर २ राजदल गण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको लु१ग २८० नम्बरको ट्रक चुरियामाईस्थित पुलबाट १२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...