सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ

10

काठमाडौँ, ३१ भदौ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ ।

माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उहाँले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौँ ।”

यस्तै, उहाँले माओवादी अब जेनजीको मुद्दासँग मिलेर, आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न अगाडि बढ्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब हामीले जे संकल्प गरेका थियौँ कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनःगठन गरेर हामी त्यो लक्ष्यमा जान्छौँ । जेनजीको मुद्दासँग मिलेर, त्यो आन्दोलनको उपलब्धीहरुलाई सफल पार्न हामी अगाडि बढ्छौँ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नुपर्ने हो त्यसैगरी उठ्छौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...