साँझ ६ बजेदेखि कर्फ्यु आदेश झन् कडा

27

काठमाडौँ। २५ भदौ । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साँझ ६ बजेदेखि कर्फ्यु आदेशलाई झन् कडा बनाउने निर्णय गरेको छ ।

पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।

सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।

नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपिल गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...