उपरथी थापा र सहायकरथी पहाडीलाई दर्ज्यानी चिह्न

29

काठमाडौँ, १८ भदौ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हुनुभएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उपरथीको दर्ज्यानी प्राप्त गर्नुभएका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...