गायिका रिया खत्रीको ‘कोशेली’ म्युजिक भिडिओ सार्वजनिक

11

काठमाडौँ, १७ भदौ । गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक गरिएको ‘कोशेली केरा चाहिन्छ’ नामक गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गीतमा राजेश नेपाल बबिनको शब्द रहेको छ भने विश्वास नेपालले सङ्गीत दिनुभएको छ । भिडियोको निर्देशन निर्देशक प्रकाश भट्टले गर्नुभएको छ ।

गीतमा गायिका रिया खत्रीसँगै मोडल लोमस शर्माले अभिनय गर्नुभएको छ ।

गायिका तथा मोडल खत्रीले विगतमा जस्तै आफ्नो कोशेलीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हालसम्म एक दर्जनभन्दा बढी म्युजिक भिडिओमा स्वर र अभिनय गर्दै नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...