सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

14

जुम्ला, ११ भदौ । सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

गएराति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मत सम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...