जनयुद्धको बेला नर बहादुर कर्मचार्यको भूमिका महत्त्वपूर्ण थियो : प्रचण्ड

17

काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर बहादुर कर्मचार्य जनयुद्धको बेला अभिभावकको रुपमा प्रस्तुत भएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नर बहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा आयोजित जनसांगीतिक कार्यक्रममा उहाँले कर्मचार्यसँग जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा सल्लाह लिएको स्मरण गर्दै त्यो समयमा नर बहादुर कर्मचार्य अभिभावकको रुपमा प्रस्तुत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म जनयुद्धको तयारीमा थिए र अन्तिम तयारीको सबै काम नर बहादुर कर्मचार्यको उत्प्रेरणामा भएको थियो । उहाँले साच्चै जनयुद्धको नेतृत्व गर्ने हो, गर्नुपर्छ भनेर मलाई प्रेरित गरिराख्नुहुन्थ्यो । यो विषयमा उहाँ मेरो लागि साच्चैको अभिभावक बन्नुभयो । मैले जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा उहाँसँग सल्लाह पनि गर्ने गरेको थिए ।’

यस्तै, उहाँले नर बहादुर कर्मचार्यबाट सबैले लिनु पर्ने शिक्षा र प्रेरणा भनेको वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलता जस्ता गुणहरु भएको भन्दै यसबाट मात्र राष्ट्रको सेवा गर्न सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...